रोमानिया र क्रोयसिया पठाइदिन्छु भन्दै १८ ठग्ने  जुम्लाका बिरेन्द्र शाही पक्राउ


 काठमाडौं – वैदेशिक रोजगारीको लागि रोमानिया र क्रोयसिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जुम्लाका बिरेन्द्र शाही रहेका छन्। 

प्रहरीका अनुसार, उनले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि रोमानिया र क्रोयसिया पठाइदिन्छु भन्दै ८ जनाबाट १८ लाख ठगी गरेका थिए। 

उनलाई  भक्तपुरको  सुर्याविनायक कटुञ्जेबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।