प्रि ओपन सेसनमा २.०५ अंकले घट्यो नेप्से


काठमाडौं – प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) २.०५ अंकले घटेर बन्द भएको छ। यस सेसन भरिमा ६९ लाख २८ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, १ लाख २० हजार कित्ता शेयर किनबेच भएको छ।

आज यस सेसनमा २२ कम्पनीको शेयर मूल्य बढेको छ भने ३४ कम्पनीको शेयर मूल्य घटेको छ त्यस्तै, ८ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ।