बैंकिङ्ग समाचार, काठमाडौं ।
नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको १ लाख ८८ हजार ९९९ कित्ता संस्थापक शेयर विक्रीमा आएको छ । उक्त शेयरमा विद्यमान संस्थापक शेयरधनीसहित जोकोही व्यक्ति तथा संस्थाहरुले खरिद आवेदन दिन सक्नेछन् ।
बैंकले यस अघि विद्यमान संस्थापक शेयरधनीहरूमा मात्र जारी गर्दा वितरण हुन नसकेपछि विद्यमान संस्थापक शेयरधनीसँगै अन्य व्यक्ति तथा संस्थाहरूमा यो शेयर विक्री खुला गरेको हो । बैंकको उक्त शेयरको मूल्य तोकिएको छैन ।
इच्छुक खरीदकर्ताहरूले आगामी सात दिन भित्र बैंकको केन्द्रिय कार्यालय रत्ननगर, टाडी, चितवनमा आवेदन पेश गर्नुपर्नेछ । आवेदन दिँदा के कति कित्ता कति मूल्यमा खरीद गर्ने खुलाई पेस गर्न कम्पनीले भनेको छ ।
प्रतिक्रिया