बैंकिङ्ग समाचार, काठमाडौं ।
एभरेष्ट बैंक लिमिटेड र लाजिम्पाटस्थीत निरभाना फिजियोथेरापी एण्ड वेलनेस सेन्टरबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । यो सम्झौतामा हस्ताक्षर भएसँगै बैंकका सम्पूर्ण ग्राहक तथा कर्मचारीहरुले उक्त वेलनेस सेन्टरका विभिन्न सेवामा २५ प्रतिशत सम्मको आकर्षक छुट पाउने छन् ।
बैंकका रिटेल तथा एसएमई प्रमुख विष्णु प्रसाद ज्ञवाली र वेलनेस सेन्टरका प्रबन्ध निर्देशक रजुल श्रेष्ठले उक्त सम्झौतामा हस्ताक्षर गरेका छुन् । उक्त सम्झौता लागू भए संगै बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु साथै कर्मचारीहरु तथा तिनका पारिवारीक सदस्यहरुले उक्त वेलनेस सेन्टरबाट विभिन्न सेवा IPD-Advanced/Manual/Cupping/Laser Physiotherapy, Acupressure, Acupuncture, Moxibustion, Osteopathy, Neuro-Musculo-Skeletal & Cadio-Pulmo pain management, Overall Holistic Well Being (Osteo, Yogic & Marma) लगायत सेवामा १० प्रतिशत देखी २५ प्रतिशत सम्मको विशेष छुटको लाभ लिन सक्नेछन् ।
सो समारोहमा बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्प राज उप्रती, बजार अधिकृत एलिना कार्की तथा वेलनेस सेन्टरका तर्फबाट सञ्चालन तथा बजार निर्देशक स्वर्णिम सुवालको समेत उपस्थिति रहेको थियो ।
यस बैंकले १२७ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १६२ एटिएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैंकिङ्ग सुबिधा प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया