बैंकिङ्ग समाचार, काठमाडौं ।
रोजगारी, अध्ययन एवं विभिन्न सिलसिलामा विदेशमा रहने नेपालीहरुको संख्या दिनानुदिन बढ्दै गइरहेको अवस्थामा नेपालस्थित आफ्नो बैंक खातासम्मको पहुँच जस्तैः कारोबार विवरण हेर्न एवं स–साना कारोबार गर्न समेत असहज परिस्थिती रहेको अवस्थामा गरिमा विकास बैंकले आफ्ना विदेशमा रहने ग्राहकहरुको पहुँच हुनेगरी मोबाईल बैकिङ्ग सेवालाई स्तरोन्नती गरेको छ ।
यस सेवाको विस्तारसँगै अब विदेशमा बसि यस विकास बैंक मार्फत मोबाईल बैकिङ्ग सेवा लिन चाहने ग्राहकहरुले बैंकले तोके बमोजिमका कागजातहरु पुरा गरि यो सेवा लिनसक्नेछन् । साथै, यो सुविधा लिने ग्राहकले गरिमा विकास बैंकको मोवाइल बैंकिङ्ग एप डिजि बटुवाकै युजरनेम र पासवर्ड प्रयोग गरी यस विकास बैंकको वेब बैकिङ पनि सजिलै चलाउन सक्नेछन् ।



About Us
प्रतिक्रिया