बैंकिङ्ग समाचार, काठमाडौं ।
चिरख्वा हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीयमा विक्री गरेको आईपीओ बाँडफाँड गरेको छ । कम्पनीले स्थानीयमा साउन २८ गतेदेखि भदौ २५ गतेसम्म ४ लाख कित्ता आईपीओ विक्री गरेको थियो ।
तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका सम्पूर्ण आवेदकहरूलाई सम्पूर्ण कित्ता आईपीओ असोज ८ गते बाँडफाँड गरिएको हो । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयसँगै वैदेशिक रोजगारीमा रहेका लागि आईपीओ विक्री गरेको थियो ।
वैदेशिक रोजगारीमा रहेका नेपालीमा कम्पनीले साउन २८ गतेदेखि भदौ १० गतेसम्म ८० हजार कित्ता आईपीओ विक्री गरी भदौ २६ गते सम्पूर्ण कित्ता आईपीओ बाँडफाँड गरेको छ । पहिलो चरणको आईपीओ बाँडफाँडपछि अब कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ विक्री गर्नेछ ।
प्रतिक्रिया