अर्थमन्त्री रामेश्वर खनालविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गर्न आदेश


काठमाडौं – सर्वोच्च अदालतले अर्थमन्त्री रामेश्वर खनालविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गर्न आदेश दिएको छ । बीमा प्राधिकरणका निलम्बित अध्यक्ष शरद ओझाले दायर गरेको पुरक रिट दर्ता गर्न आइतबार निर्देशन दिएको हो ।

आइतबार न्यायाधीशद्वय अब्दुल अजीज मुसलमान र मेघराज पोखरेलको संयुक्त इजलाश अवहेलना मुद्दा दर्ता गर्न आदेश जारी गरेको हो। सर्वोच्चले भदौ २३ को आदेश कार्यान्वयन गर्न तथा मंसिर १६ मा छलफलका लागि उपस्थित हुन अर्थ मन्त्रालयलाई पत्राचार गरेको छ ।