काठमाडौं – मञ्जुश्री फाइनान्सले ४० करोडको अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने भएको छ । कम्पनीले ८.७५ प्रतिशतका दरले अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने भएको हो ।
हिजो अर्थात् असोज २९ गते बसेको संस्थाको सञ्चालक समितिको ३३९ औं बैठकबाट निर्णयअनुसार १०० रुपैयाँको दरले ४० लाख कित्ता अग्राधिकार शेयर जारी गर्ने निर्णय गरेको हो ।
संस्थाले आगामी वार्षिक साधारण सभा तथा नेपाल राष्ट्र बैंक लगायत सम्बन्धित नियमनकारी निकायको स्वीकृति प्राप्त भएपछि मात्रै निष्काशन गर्नेछ । संस्थागत लगानीकर्ताहरुका लागि मात्र शेयर बिक्री गरिने संस्थाले जनाएको छ ।







About Us
प्रतिक्रिया