काठमाडौ – नेपाल राष्ट्र बैंकले चार्डपर्वका अवसरमा अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै आम नागरिक, बैंक तथा वित्तीय संस्था र डिजिटल सेवा प्रदायकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। राष्ट्र बैंकको वित्तीय जानकारी इकाईले एक सूचना जारी गर्दै अनलाइन ठगीप्रति सतर्क रहन आग्रह गरेको हो ।
चाडपर्वको समयमा नक्कली उपहार तथा चिट्ठाको प्रलोभन, बैंकिङ्ग विवरण चोरी, नक्कली अनलाइन सपिङ पेज र अरूको परिचय तथा कागजात दुरुपयोग गरी ठगी गर्ने जोखिम उच्च रहन्छ।
सामाजिक सञ्जालमा ‘दसैं धमाका’, ‘तिहार छठ बम्पर उपहार’ तथा आकर्षक उपहार जितेको भन्दै नक्कली लिंक पठाएर सेवा शुल्क वा करका नाममा अग्रिम रकम माग्ने प्रवृत्ति देखिन सक्ने जनाएकाे छ। यस्ता लिंकमार्फत सर्वसाधारणलाई ठगी गर्ने जोखिम रहेकाले अपरिचित सन्देश र प्रलोभनमा नपर्न आग्रह गरेको छ ।







About Us
प्रतिक्रिया