दसैंअघि शेयर बजारमा उत्साहः पाँच कारोबारको दिन ४३ अंकले बढ्यो नेप्से


काठमाडौं – दसैँअघिको साताको शेयरमा पाँच कारोबारको दिन लगातार बजार बढेर बन्द भएको छ। साताभरको शेयर कारोबारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) सम्रगमा ४३ अंकले बढेर बन्द भएको हो। यससँगै साता भरिमा २० अर्ब रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

साताको पहिलो कारोबारको दिन सोमबार नेप्से ४ अंकले बढेर बजार २५ सय ९५ दशमलव ८१ को बिन्दुमा बन्द भएको छ। त्यस्तै मंगलबार ४.१२ अंकले बढेर बजार २५ सय ९९ दशमलव ९३ को बिन्दुमा बन्द भएको छ। त्यस्तै, बुधवार २१.३२ अंकले बढेर बजार २५ सयको बिन्दुबाट उकालो लागेर २६ सय २१ दशमलव २६ को बिन्दुमा बन्द भएको छ।

त्यस्तै, बिहिबार ४.६७ अंकले बढेर बजार २६ सय २५ दशमलव ९३ को बिन्दुमा बन्द भएको छ। त्यस्तै साताको अन्तिम कारोबारको दिन नेप्से ८.२३ अंकले बढेर बजार २६ सय ३४ दशमलव १७ को बिन्दुमा बजार बन्द भएको छ।

कारोबार कति ?
सोमबारः ४ अर्ब ३९ करोड
मंगलबारः४ अर्ब ६८ करोड
बुधबारः ३ अर्ब ९८ करोड
बिहिबारः ४ अर्ब ६४ करोड
शुक्रबारः ४ अर्ब ८२ करोड