कामना सेवा विकास बैकबाट विद्युतिय सवारी साधन किन्न सुलभ कर्जा पाइने, एनइभि नेपालसँग भयो लगानी सम्झौता

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
कामना सेवा विकास बैंकले विद्युतीय सवारी साधन खरिद गर्न चाहने ग्राहकहरुलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने भएको छ ।

बैंकले सोहि उद्देश्यका साथ एनइभि नेपाल (NEV Nepal Pvt. Ltd.) सँग मिति २०८० भाद्र २६ गते मङ्गलबारको दिन लगानी सम्बन्धी सम्झौता सम्पन्न गरेको छ ।

यस सम्झौतामा कामना सेवा विकास बैंकका तर्फबाट नायव कार्यकारी अधिकृत विनय दाहाल र NEV Nepal Pvt. Ltd. को तर्फबाट कार्यकारी अधिकृत सबिता कुमारी क्षेत्रीले एक कार्यक्रमका बीच सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता पश्चात NEV Nepal Pvt. Ltd. का विद्युतीय सवारी साधन खरिद गर्न चाहने ग्राहकहरुले कामना सेवा विकास बैंकबाट सरल तरिकाले सुलभ ब्याजदरमा कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् ।