एनआईसी एशिया बैंकको ५ लाख कित्ता संस्थापक शेयर विक्रीमा, सर्वसाधारणले खरिद गर्न पाउने

एनआईसी एशिया बैंकको ५ लाख कित्ता संस्थापक शेयर विक्रीमा, सर्वसाधारणले खरिद गर्न पाउने


बैंकिङ्ग समाचार, काठमाडौं ।
एनआईसी एशिया बैंक लिमिटेडले ५ लाख कित्ता संस्थापक शेयर असोज ४ गतेदेखि बिक्रीमा ल्याएको छ । 

बैंकले बिक्रीमा राखेको उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३६० रुपैयाँ तोकेर उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरू लगाएत इच्छुक जोकोही व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।

इच्छुक लगानीकर्ताले न्यूनतम १ हजार कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिनु पर्नेछ । बैंकको शेयर बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटलको रहेको छ ।

इच्छुक खरीदकर्ताहरूले असोज १० गते अपरान्ह ३ बजेभित्र विक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।

आवेदन पेश गर्दा तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम एक हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सक्नेछन् ।