बैंकिङ्ग समाचार, काठमाडौं ।
पछिल्लो साताको कारोबारको अन्तिम दिन उच्च अंकले घटेर बन्द भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज साताको पहिलो कारोबार दिन आइतवार पनि उच्च अंकले घटेको छ । आज नेप्से २०.५४ अंकले घटेर १ हजार ९ सय ९३ दशमलब ३८ विन्दुमा बन्द भएको हो । बिहीवार नेप्से ३१.५२ अंकले घटेर २ हजार १३ दशमलब ९३ विन्दुमा बन्द भएको थियो ।
त्यस्तै, आज नेप्सेमा उच्च अंकको गिरावट भएसँगै कारोबार रकममा पनि उल्लेख्य गिरावट भएको छ । आज नेप्सेमा १ अर्ब २६ करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहीवार १ अर्ब ५५ करोड ५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज नेप्सेमा कारोबार भएका २८ कम्पनीको शेयरमूल्य बढेको छ भने १९५ कम्पनीको शेयरमूल्य घटेको छ, ४ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
आज नेप्सेमा एक कम्पनीको शेयरमुल्यमा सर्वाधिक वृद्धि भएको छ । कुथेली बुखेरी स्मल हाइड्रोपावर कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ७७१.२० रुपैयाँ पुगेको छ ।
आज मकर जितुमाया शुरी हाइड्रोपावर कम्पनी लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ९ प्रतिशत भन्दा बढीले घटेको छ ।
नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी एशियन लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको आज ७ करोड ४६ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया