मनकामना इन्जिनियरिङ्गको आइपीओ बाँडफाँड, करिब ११ लाख आवेदकको हात खाली

मनकामना इन्जिनियरिङ्गको आइपीओ बाँडफाँड, करिब ११ लाख आवेदकको हात खाली


बैंकिङ्ग समाचार, काठमाडौं ।
मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको धितोपत्र बिक्री प्रबन्धक बीओके क्यापिटलले भदौ ३ गते आइतवार मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आइपीओ बाँडफाँड गरेको हो ।

क्यापिटलका अनुसार आइपीओमा कुल १३ लाख १६ हजार ५२९ आवेदकबाट १ करोड ४३ लाख ६ हजार ७९० कित्ता शेयर माग भएको थियो । जस मध्येमा १३ लाख ११ हजार ५१७ आवेदकबाट परेको १ करोड ४२ लाख २४ हजार ७२० कित्ता शेयर स्विकृत भएको थियो भने ५ हजार १२ आवेदकको शेयर रद्ध भएको थियो ।

माग भन्दा बढी आवेदन आएका कारण गोलाप्रथाबाट शेयर बाँडफाँड भएको हो । जसमा २ लाख २७ हजार ६६२ आवेदकले १० कित्ताका दरले शेयर पाएका छन् भने १० लाख ८३ हजार ८५५ आवेदकको हात खाली भएको छ ।