सिटिजन्स बैंकका ग्राहकलाई हार्ड रक क्याफेमा १५% सम्मको छुट

सिटिजन्स बैंकका ग्राहकलाई हार्ड रक क्याफेमा १५% सम्मको छुट


बैंकिङ्ग समाचार, काठमाडौं । 
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र दरबारमार्गस्थित हार्ड रक क्याफेबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूले हार्ड रक क्याफेमा १५% सम्मको आकर्षक छुट पाउनेछन् ।

यस्तो सहकार्यले बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास गरिएको बैंकले बताएको छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न यस्ता सुविधाहरु ल्याउने गरेको बैंकले जनाएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी १८८ वटा शाखा, १४७ वटा एटिएम, ३ विस्तार काउन्टर र ९७ वटा शाखारहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ३१ हजार भन्दा बढी ग्राहकहरुलाई बैंकिङ्ग सुविधा दिइरहेको छ ।