बैंकिङ्ग समाचार, काठमाडौं ।
मोटरसाइकलको ‘ब्रेक सु’ बाट छुट्याएर गालिएको सुन जोख्न सुरू गरिएको छ ।
नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा सुन जोख्न थालिएको हो । आज बिहान साढे १० बजेबाट सुन गालिएको थियो । छुट्याइएका सुन गालिए पछिको यकिन परिमाण निकाल्न जोख्न सुरू गरिएको महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिए ।
सुन तस्करी प्रकरणको अनुसन्धानको जिम्मा राजस्व अनुसन्धान विभागले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई सुम्पिएको छ ।
(तस्बिरः ज्ञानु श्रेष्ठ / बैंकिङ्ग समाचार)
प्रतिक्रिया