बैंकिङ्ग समाचार, काठमाडौं ।
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । इन्स्योरेन्सले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा ५६ करोड ६५ लाख रुपैयाँ रहेको छ । कम्पनीको नाफा अघिल्लो अर्थिक वर्ष २०७८/७९ को तुलनामा १६३ दशमलव ९९ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २१ करोड ४६ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।
यस अवधीमा कम्पनीको जीवन बीमा कोष ४३ दशमलव १६ प्रतिशतले वृद्धि भएर ५ अर्ब ३ करोड रुपैयाँ जम्मा भएको छ । अघिल्लो वर्षको यहि अवधिमा यस कम्पनीको जीवन बीमा कोषमा ३ अर्ब ५१ करोड रुपैयाँ रहेको थियो । त्यस्तै कम्पनीको जगेडा कोष ६९ दशमलव २८ प्रतिशतले वृद्धि भई ९२ करोड ९० लाख रुपैयाँ र महाविपत्ति कोष ६९.२८ प्रतिशतले बृद्धि हुँदा समग्र कोषको आकार ६ अर्ब ६ करोड ४३ लाख पुगेको छ ।
समिक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन २८ दशमलव ०१ प्रतिशतले सुधार भएको छ । असार मसान्तसम्ममा खुद बीमा शुल्क आर्जन ३ अर्ब २५ करोड रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको यहि अवधिसम्म खुद बीमा शुल्क आर्जन २ अर्ब ५४ करोड रुपैयाँ रहेको थियो ।
कम्पनीले गत आर्थिक वर्ष ९१ करोड ६७ लाख रुपैयाँको खुद दाबी भुक्तानी गरेको छ । कम्पनीको चुक्ता पूँजी २ अर्ब २४ करोड पुगेको छ ।
प्रतिक्रिया