बैंकिङ्ग समाचार, काठमाडौं ।
अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडले साउन १८ गतेदेखि २२ गतेसम्म सर्वसाधारण लगानीकर्तामा निष्काशन गरेको शेयर बाँडफाँड सम्पन्न भएको छ । आज साउन २९ गते सोमबार साँझ काजीको किचेन बत्तीसपुतलीमा यस कम्पनीको शेयर बाँडफाँढ भएको हो ।
कम्पनीको आइपीओमा १२ लाख ८३ हजार ५९६ जना योग्य आवेदकबाट १ करोड ४१ लख १७ हजार ८५० कित्ता शेयरको लागि आवेदन परेको छ । कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथा माध्यमबाट न्युनतम १० कित्ताका दरले शेयर वितरण भएको छ ।
यस अनुसार योग्य आवेदक मध्ये १ लाख ९५ हजार ३२७ जनालाई १० कित्ताका दरले १९ लाख ५३ हजार २७० कित्ता शेयर वितरण गरीएको छ । बाँकि १० लाख बढि आवेदकको हाता भने खाली भएको छ ।
त्यस पश्चात बाँकी रहेको ९ कित्ता शेयर भने साेही मध्येबाटै २० देखि २५ हजार कित्तासम्म आवेदन दिएकाहरुलाई थप १ कित्ताका दरले वितरण गरिएको छ । त्यस अनुसार ९ जना आवेदकले ११ कित्ताका दरले शेयर पाएका छन् ।
प्रतिक्रिया