बैंकिङ्ग समाचार, काठमाडौं ।
पछिल्लो कहि दिन देखि सकारात्मक रहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको दोस्रो दिन सोमवार सामान्य अंकको गिरावट भएको छ । आज नेप्से ३.६१ अंकले घटेर २ हजार ७७ दशमलब २४ विन्दुमा बन्द भएको हो । आइतवार नेप्से १४.८१ अंकले बढेर २ हजार ८० दशमलब ८६ विन्दुमा बन्द भएको थियो ।
त्यस्तै, आज नेप्सेमा सामान्य अंकको गिरावट भएसँगै कारोबार रकम पनि घटेर २ अर्बमा सिमित भएको छ । आज २ अर्ब ९ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतवार ३ अर्ब १ करोड ८४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज नेप्सेमा कारोबार भएका ६८ कम्पनीको शेयरमूल्य बढेको छ भने १४५ कम्पनीको शेयरमूल्य घटेको छ, ११ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
आज दुई कम्पनीको शेयरमुल्यमा सर्वाधिक वृद्धि भएको छ । थ्रिस्टार हाइड्रोपावर र अपर स्याङ्गे हाइड्रोपावरको शेयरमूल्यमा सबैभन्दा बढि वृद्धि भएको छ । यि कम्पनीको शेयरमूल्य आज सर्किट लेभलमा बढेको हो ।
आज सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ६ प्रतिशत भन्दा बढिले घटेको छ ।
नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको आज ११ करोड २४ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।



About Us
प्रतिक्रिया