एभरेष्ट बैंकद्वारा अफलाइन भुक्तानी सेवा सुरुवात

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
एभरेष्ट बैंकले फोन पे नेपालसँगको सहकार्यमा ‘अफलाइन भुक्तानी’ सेवा सञ्चालनमा ल्याएको छ । यस सेवा अन्तर्गत बैंकका सम्पूर्ण ग्राहकले आफ्नो मोबाइल बैंकिङ्ग एपबाट इन्टरनेट वा डेटा कनेक्टिभिटी नहुँदा पनि सजिलै भुक्तानी सुविधा उपभोग गर्न सक्नेछन् ।

एक विशेष कार्यक्रमकाबीच बैंकका नायब महाप्रबन्धक आशुतोष शर्मा र फोन पे नेपालका प्रमुख कार्यकारी अधिकृत दिवश सापकोटाले उक्त सेवाको उद्घाटन गरेका छन् ।

बैंकका नायब महाप्रबन्धक शर्माले अफलाइन भुक्तानी सुविधाले ग्राहक सुविधा र ग्राहक केन्द्रित नयाँ ऊर्जा थपेको र नेपाली बैंकिङ्गको भविष्यलाई समेत नयाँ आकार दिएको बताएका छन् । साथै फोन पेका प्रमुख कार्यकारी अधिकृत सापकोटाले यस सुविधाबाट इन्टरनेटको सीमाहरूलाई पार गरी आधुनिक बैंकिङ्गमा नयाँ आयाम थपिने बताए ।

हालको लागि उक्त सुविधा एनएफसी प्रविधि भएको एन्ड्रोइड फोनहरूमा मात्रै उक्त सेवा उपलब्ध हुनेछ । यस सेवालाई ग्राहकले सर्वप्रथम आफ्नो एपमा सेट गरी आफ्नो स्मार्टफोनलाई ब्यापारीको स्मार्टफोनमा ‘ट्याप’ गररेर सजिलै भुक्तानी प्रक्रिया पूरा गरी व्यापारी तथा व्यवसायीहरूले आफूसँग भएको ‘फोन पे बिजनेस एप’ बाट भुक्तानी स्वीकार गर्न सक्ने बैंकले जनाएको छ ।