बैंकिङ्ग समाचार, काठमाडौं ।
छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । आज प्रकाशित उक्त विवरण अनुसार लघुवित्तको खुद नाफामा उल्लेख्य वृद्धि भएको छ ।
विवरण अनुसार समिक्षा अवधिमा लघुवित्तको खुद नाफा १२.११ प्रतिशतले बृद्धि भई १ अर्ब ६ करोड १९ लाख रुपैयाँ पुुगेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७८९/७९ को सोही अवधिमा ९४ करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफा बढ्न पुगेको हो । यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १४.३२ प्रतिशत बढेर २ अर्ब ८५ करोड रुपैयाँ पुुगेको छ । त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी ११.८७ प्रतिशत बढेर ३ अर्ब ९ करोड रुपैयाँ रहेको छ । भने सञ्चालन मुनाफा ५.७१ प्रतिशत बढेको छ । सो अवधिसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा भने १ अर्ब ४५ करोड रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा लघुवित्तको निष्क्रिय कर्जा ०.८३ प्रतिशतबाट बढेर १.७२ प्रतिशत पुगेको छ । यससँगै लघुवित्तको इम्पेरमेन्ट चार्ज २१ करोडबाट बढेर ३४ करोड पुगेको छ ।
नाफा बढेपनि लघुवित्तको प्रतिशेयर आम्दानी समीक्षा अवधिमा घटेको छ । असार मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ३० पैसा घटेर ३७ रुपैयाँ ४५ पैसामा झरेको छ । सो अवधिसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ २३८ रुपैयाँ २७ पैसा रहेको छ । त्यसैगरी, लघुवित्तको मूल्य आम्दानी अनुपात २२ गुणा रहेको छ ।
२ अर्ब ८३ करोड ५४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ३ अर्ब ९२ करोड ५ लाख रुपैयाँ सञ्चित छ । सो अवधिसम्ममा लघुवित्तले ३५ अर्ब २७ करोड ५ लाख निक्षेप तथा सापटीबाट ३२ अर्ब ३६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।
प्रतिक्रिया