बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको पहिलो दिन आज आइतवार दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से १४.८१ अंकले बढेर २ हजार ८० दशमलब ८६ विन्दुमा बन्द भएको हो । अघिल्लो काराबार दिन अर्थात बिहिवार नेप्से ५.१३ अंकले बढेर २ हजार ६६ दशमलब ०५ विन्दुमा बन्द भएको थियो ।
त्यस्तै, आज नेप्सेमा सामान्य अंकको वृद्धि भएसँगै कारोबार रकममा पनि वृद्धि भई ३ अर्ब पुगेको छ । आज ३ अर्ब १ करोड ८४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिवार २ अर्ब १५ करोड ६५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज नेप्सेमा कारोबार भएका १०० कम्पनीको शेयरमूल्य बढेको छ भने ११७ कम्पनीको शेयरमूल्य घटेको छ, ५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
आज तिन वटा कम्पनीको शेयरमुल्यमा सर्वाधिक वृद्धि भएको छ । थ्रिस्टार हाइड्रोपावर, अपर स्याङ्गे हाइड्रोपावर र माउन्टेन इनर्जिको शेयरमूल्यमा सबैभन्दा बढि वृद्धि भएको छ । यि कम्पनीको शेयरमूल्य सर्किट लेभलमा बढेको हो ।
आज धोराही सिमेन्टका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । आजबाट दोस्रो बजारमा कारोबारमा आएको यसको शेयरमूल्य ९.९९ प्रतिशतले घटेको छ ।
नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल इन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको आज ५८ करोड ४५ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया