बैंकिङ्ग समाचार, काठमाडौं ।
जीवन बीमा कम्पनीहरुले नयाँ बीमालेख बिक्री गरेर संकलन गर्ने प्रथम बीमाशुल्क करिब २५ प्रतिशतले घटेको छ । जीवन बीमा कम्पनीहरुले अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा ४१ अर्ब ४४ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेका थिए । अघिल्लो आर्थिक वर्षको अन्त्यसम्मको तुलनामा प्रथम बीमाशुल्क संकलन २४.७२ प्रतिशतले घटेर यस्तो बीमा शुल्क ३१ अर्ब २० करोड रुपैयाँमा मात्रै सीमित भएको हो ।
सबै भन्दा धेरै प्रथम बीमाशुल्क घट्नेमा भर्खरै मर्जर पश्चात एकिकृत कारोबार गरेको प्रभु महालक्ष्मी लाइफ रहेको छ । अघिल्लो आर्थिक वर्षमा साविक प्रभु र महालक्ष्मी लाइफले प्रथम बीमाशुल्क वापत कुल २ अर्ब २९ करोड रुपैयाँ आर्जन गरेका थिए । तर अहिलो त्यस्तो बीमाशुल्क ५०.३८ प्रतिशतले घटेर १ अर्ब १४ करोड रुपैयाँमा सीमित भएको छ ।
यस्तै हिमालयन लाइफको ४८.३७ प्रतिशत, रिलायवल नेपाल लाइफको ३७.३० प्रतिशत, सिटिजन लाइफको ३१.८१ प्रतिशत, सूर्यज्योति लाइफको २९.३५ प्रतिशत, एशियन लाइफको २८.०६ प्रतिशत, सानिमा रिलायन्स लाइफको २३.८७ प्रतिशत र एलआईसी नेपालको प्रथम बीमाशुल्क २३.५० प्रतिशतले घटेको छ ।
त्यसै गरी नेशनल लाइफको १७.२१ प्रतिशत, मेट लाइफको १४.९३ प्रतिशत, नेपाल लाइफको १०.८७ प्रतिशत, आइएमई लाइफको ७.६५ प्रतिशत र सन नेपाल लाइफको ७.५८ प्रतिशतले प्रथम बीमा शुल्क घटेका छन् ।
राष्ट्रिय बीमा संस्थानको प्रथम बीमाशुल्क भने सबै भन्दा कम १.१३ प्रतिशतले घटेर ९५ करोड ३० लाख रुपैयाँमा सीमित भएको छ । संस्थानले अघिल्लो आर्थिक वर्षमा ९६ करोड ३९ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको थियो ।
प्रतिक्रिया