बैंकिङ्ग समाचार, काठमाडौं ।
सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार लघुवित्तको खुद नाफा अघिल्ला आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य घटेको छ ।
सामुदायिक लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९–८० को चौथो त्रैमासमा ४ लाख १ हजार रुपैयाँ रुपैयाँ खुद नाफा आर्जन गरेको छ । संस्थाको यो नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा ९८.६६ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ३ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
संस्थालाई २ करोड ६१ लाख रुपैयाँ सञ्चालन घाटा भएको छ । अघिल्लो वर्ष ४ करोड ५८ लाख सञ्चालन मुनाफा भएको थियो । समिक्षा अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी ९ करोड ३६ लाख रुपैयाँ छ । जुन अघिल्लो वर्षको तुलनामा २०.०३ प्रतिशतले कम हो । अघिल्लो वर्ष यस्तो आम्दानी ११ करोड ७१ लाख रुपैयाँ थियो ।
खराब कर्जा उल्लेख्य बढेसँगै सम्भावित जोखिम बापतको व्यवस्थामा धेरै रकम छुट्याउनु परेका कारण लघुवित्तको खुद नाफा घट्न पुगेको हो । समीक्षा अवधिमा लघुवित्तको निष्क्रिय कर्जा ५.०६ प्रतिशतबाट बढेर ९.०५ प्रतिशत पुगेको छ । यससँगै लघुवित्तले सम्भावित जोखिम बापत २ करोड ८० लाख रुपैयाँ व्यवस्था गरेको छ ।
असार मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी २८ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५१ रुपैयाँ ५८ पैसा रहेको छ ।
प्रतिक्रिया