साताको अन्तिम दिन ५.१३ अंकले बढेर बन्द भयो नेप्से, कारोबार रकम २ अर्ब १५ करोड माथि

साताको अन्तिम दिन ५.१३ अंकले बढेर बन्द भयो नेप्से, कारोबार रकम २ अर्ब १५ करोड माथि


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको अन्तिम दिन आज बिहिवार सामान्य अंकको वृद्धि भई बन्द भएको छ । आज नेप्से ५.१३ अंकले बढेर २ हजार ६६ दशमलब ०५ विन्दुमा बन्द भएको हो । बुधवार नेप्से ४१.०६ अंकले बढेर २ हजार ६० दशमलब ९१ विन्दुमा बन्द भएको थियो ।

त्यस्तै, आज नेप्सेमा झिनो अंकको वृद्धि भएसँगै कारोबार रकममा पनि वृद्धि भई २ अर्ब माथि पुगेको छ । आज २ अर्ब १५ करोड ६५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधवार १ अर्ब ८८ करोड ८३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज नेप्सेमा कारोबार भएका १०५ कम्पनीको शेयरमूल्य बढेको छ भने १०८ कम्पनीको शेयरमूल्य घटेको छ, ९ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

आज अभियान लघुवित्तको शेयरमूल्यमा सबैभन्दा बढि वृद्धि भएको छ । यस कम्पनीकोको शेयरमूल्य सर्किट ९ प्रतिशत भन्दा बढिले बढेको हो ।

आज हिमालयन लघुवित्तका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ६ प्रतिशत भन्दा बढिले घटेको छ । 

नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी सोल्टी होटलको भएको छ । यस कम्पनीको आज १६ करोड ९५ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।