महालक्ष्मी विकास बैंकद्वारा ६ वर्ष पहिले वितरित लाभांश रकम लिन शेयरधनीलाई अनुरोध

महालक्ष्मी विकास बैंकद्वारा ६ वर्ष पहिले वितरित लाभांश रकम लिन शेयरधनीलाई अनुरोध


बैंकिङ्ग समाचार, काठमाडौं ।
महालक्ष्मी विकास बैंकले शेयरधनीलाई पुरानो लाभांश रकम लिन अनुरोध गरेको छ ।

साविक मालिका विकास बैंक, महालक्ष्मी फाइनान्स, यति फाइनान्स, सिद्धार्थ फाइनान्स र भ्याली फाइनान्सका विभिन्न साधारण सभाबाट पारित भएको लाभांशहरू र महालक्ष्मी विकास बैंकको आर्थिक वर्ष २०७३/७४ मा वितरित लाभांश रकम केही शेयरधनीहरूले हालसम्म पनि बुझिलिन बाँकी रहेकोले ती शेयरधनीलाई लाभांश रकम लिन अनुरोध गरेको हो ।

लाभांश रकम लिन बाँकी शेयरधनीहरूले बैंकको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेड, नारायणचौर, नक्सालमा सम्पर्क राखी लिन सक्नेछन् । अन्यथा उक्त रकम प्रचलित कानुनबमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने कम्पनीले जनाएको छ ।

\"\"