बैंकिङ्ग समाचार, काठमाडौं ।
एभरेष्ट बैंकले भुक्तानी लिन बाँकी ५ वर्ष भन्दा पुरानो लाभांश लिन शेयरधनीलाई आग्रह गरेको छ । बैंकले एक सूचना प्रकाशित गरी आर्थिक वर्ष २०५५/५६ देखि २०७४/७५ सम्मको भुक्तानी लिन बाँकी नगद लाभांश लिन आउन शेयरधनीहरुलाई आग्रह गरेको छ ।
यस अवधिमा साधारण शेयर र अग्राधिकार शेयरको भुक्तानी लिन बाँकी नगद लाभांश लिन आउन शेयरधनीहरुलाई आग्रह गरेको छ ।
बैंकले साधारण शेयरतर्फ यो अवधिको कुल ३ करोड २ लाख १५ हजार ६१८.२९ रुपैयाँ र अग्राधिकार शेयरतर्फ १ लाख ८६ हजार ३५०.७३ रुपैयाँ नगद लाभांश शेयरधनीहरुले भुक्तान लिन बाँकी छ ।
बैंकले आफ्नो शेयर प्रमाणपत्र, डिम्याट खाताको विवरण, शेयरसम्बन्धी कागजात र परिचयपत्र लिएर बैंकको शेयर शाखामा नगद लाभांश रकम भुक्तानी लिन सकिने जनाएको छ । भुक्तानी हुन बाँकी नगद लाभांशको विवरण बैंकको वेबसाइटमा पनि राखिएको सूचनामा उल्लेख गरिएको छ ।
प्रतिक्रिया