बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको कारोबारको तेस्रो दिन आज मंगलवार पनि घट्ने क्रम जारी रहेको छ । आज नेप्से २८.४० अंकले घटेर २ हजार १९ दशमलब ८५ विन्दुमा बन्द भएको हो । सोमवार नेप्से ३.२१ अंकले घटेर २ हजार ४८ दशमलब २६ विन्दुमा बन्द भएको थियो ।
त्यस्तै, आज नेप्सेमा उच्च अंकको गिरावट भएसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आज १ अर्ब ७३ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमवार २ अर्ब ३३ करोड ३५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज नेप्सेमा कारोबार भएका २२ कम्पनीको शेयरमूल्य बढेको छ भने १९८ कम्पनीको शेयरमूल्य घटेको छ, २ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
आज दुई कम्पनीको शेयरमूल्यमा सबैभन्दा बढि वृद्धि भएको छ । आज स्वरोजगार लघुवित्त र नेपाल रिपब्ल्क मिडियाको शेयरमूल्य सर्किट लेभलमा बढेको हो ।
आज ग्लोबल आइएमई डिबेन्चर २०८०–८१ का लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ९ प्रतिशत भन्दा बढिले घटेको छ ।
नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी आइएमई लाईफ इन्स्योरेन्सको भएको छ । यस कम्पनीको आज १७ करोड ८९ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया