सिटिजन्स सुपर ३० म्युचुअल फण्डको इकाई नेप्सेमा सूचीकृत, भोलिबाट कारोबारमा आउने

सिटिजन्स सुपर ३० म्युचुअल फण्डको इकाई नेप्सेमा सूचीकृत, भोलिबाट कारोबारमा आउने


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मंगलवार सिटिजन्स सुपर ३० म्युचुअल फण्डको इकाई सूचीकृत भएको छ । सिटिजन्स क्यापिटल लिमिटेडको सामुहिक लगानी कोष योजना अन्तर्गतको उक्त फण्ड नेप्सेमा सूचीकृत भएको हो ।

फण्डको कुल ७ करोड ५० लाख इकाई सूचीकृत भएको हो । नेप्सेले कम्पनीको उक्त फण्डलाई दोस्रो बजार कारोबारको लागि  सि३०एमफ (C30MF) कारोबार संकेत प्रदान गरेको छ । उक्त कारोबार संकेतमा भोलि बुधबारदेखि सिटिजन्स सुपर ३० म्युचुअल फण्डको इकाई कारोबार गर्न सकिनेछ ।