कामना सेवा विकास बैंकका ग्राहकहरुलाई डोइच एण्ड डोरिस रेस्टुरेन्टमा १५% सम्म छुट

कामना सेवा विकास बैंकका ग्राहकहरुलाई डोइच एण्ड डोरिस रेस्टुरेन्टमा १५% सम्म छुट


बैंकिङ्ग समाचार, काठमाडौं ।
कामना सेवा विकास बैंक र डोइच एण्ड डोरिस (Doech and Doris) रेस्टुरेन्ट बीच २०८० श्रावण २२ गते सोमबार मर्चेन्ट सम्झौता सम्पन्न भएको छ ।

यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले काठमाडौं, पुतलीसडक स्थित Doech and Doris रेस्टुरेन्टले प्रदान गर्ने सेवा सुविधाहरुमा १५ प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्णले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।