बैंकिङ्ग समाचार, काठमाडौं ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ललितपुर, लाकुरी फेदीस्थित ट्रिबोन्स रिसोर्ट नेपाल प्रा.लि. बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले ट्रिबोन्स रिसोर्ट नेपालमा १०% सम्मको छुट पाउने बैंकले जनाएको छ ।
छुट सम्बन्धी सम्झौताले बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारलाई डिजिटल कारोबारमा बदल्न सहयोग मिल्ने बैंकले बताएको छ ।
सिटिजन्स बैंकले १८८ वटा शाखा, १४७ वटा एटिएम, ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया