बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको कारोबारको दोस्रो दिन आज सोमवार पनि घट्ने क्रम जारी रहेको छ । आज नेप्से ३.२१ अंकले घटेर २ हजार ४८ दशमलब २६ विन्दुमा बन्द भएको हो । आइतवार नेप्से ३८.३७ अंकले घटेर २ हजार ५१ दशमलब ४७ विन्दुमा बन्द भएको थियो ।
त्यस्तै, आज नेप्सेमा सामान्य अंकको गिरावट भएसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आज २ अर्ब ३३ करोड ३५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतवार २ अर्ब ६८ करोड ७१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज नेप्सेमा कारोबार भएका ११६ कम्पनीको शेयरमूल्य बढेको छ भने १०० कम्पनीको शेयरमूल्य घटेको छ, ८ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
आज दुई कम्पनीको शेयरमूल्यमा सबैभन्दा बढि वृद्धि भएको छ । आज नेपाल रिपब्ल्क मिडिया र गुर्खाज फाइनान्सको शेयरमूल्य सर्किट लेभलमा बढेको हो ।
आज छ्याङदि हाइड्रोपावर लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ६ प्रतिशत भन्दा बढिले घटेको छ ।
नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी आइएमई लाईफको भएको छ । यस कम्पनीको आज ४३ करोड ६२ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया