बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पहिलो दिन आज आइतवार उच्च अंकले घटेर बन्द भएको छ । आज नेप्से ३८.३७ अंकले घटेरर २ हजार ५१ दशमलब ४७ विन्दुमा बन्द भएको हो । अघिल्लो साताको अन्तिम दिन अर्थात बिहिवार नेप्से ३ अंकले बढेर २ हजार ८९ दशमलब ८४ विन्दुमा बन्द भएको थियो ।
त्यस्तै, आज नेप्सेमा उच्च अंकको गिरावट भएपनि कारोबार रकममा भने उल्लेख्य सुधार भएको छ । आज २ अर्ब ६८ करोड ७१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिवार १ अर्ब ७८ करोड १९ लाख बराबरको कारोबार भएको थियो ।
आज नेप्सेमा कारोबार भएका १८ कम्पनीको शेयरमूल्य बढेको छ भने १९७ कम्पनीको शेयरमूल्य घटेको छ, २ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
आज दुई कम्पनीको शेयरमूल्यमा सबैभन्दा बढि वृद्धि भएको छ । आज आइएमई लाइफ इन्स्योरेन्स र नेपाल रिपब्ल्क मिडियोको शेयरमूल्य सर्किट लेभलमा बढेको हो ।
आज प्रोग्रेसिभ फाइनान्स लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ९.५९ प्रतिशतले घटेको छ ।
नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी सानिमा बैंकको भएको छ । यस कम्पनीको आज १२ करोड ६९ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया