कुमारी बैंकले कमायो करिब २ अर्ब नाफा, खुद ब्याज आम्दानीमा ७७.११% को वृद्धि

कुमारी बैंकले कमायो करिब २ अर्ब नाफा, खुद ब्याज आम्दानीमा ७७.११% को वृद्धि


बैंकिङ्ग समाचार, काठमाडौं ।
कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ ।

गत आर्थिक वर्ष २०७९/८० को असारसम्ममा बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा २४.१४ प्रतिशत घटेर १ अर्ब ९५ करोड ७१ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब ५७ करोड ९८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

कुमारी बैंकको गत आर्थिक वर्षको चौथो त्रैमाससम्म खुद ब्याज आम्दानी ७७.११ प्रतिशत बढेर ११ अर्ब १ करोड १३ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ६ अर्ब २१ करोड ७१ लख रुर्पयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

बैंकको खराब कर्जा बढेका कारण बैंकको नाफामा असर गरेको हो । समीक्षा अवधिमा बैंकको खराब कर्जा १.११ प्रतिशतबाट बढेर ४.७७ प्रतिशत पुगेको छ । बैंकको कुल सञ्चालन आम्दानी ६४.०६ प्रतिशत बढेर १३ अर्ब २ करोड ८२ लाख रुपैयाँ पुगेको छ ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको वितरणयोग्य मुनाफा ८४ करोड ८३ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

नाफासँगै बैंकको प्रतिशेयर सामान्य आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १० रुपैयाँ ७ पैसा घटेर ७ रुपैयाँ ४६ पैसामा झरेको छ । असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २२.१२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४० रुपैयाँ ४७ पैसा रहेको छ ।

२६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १० अर्ब ६१ करोड ३३ लाख रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा बैंकको निक्षेप ७८.७९ प्रतिशत बढेको छ भने कर्जा लगानी ७७.३५ प्रतिशत बढेको छ ।