बैंकिङ्ग समाचार, काठमाडौं ।
सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न ‘फूडमाण्डू’संग क्यासब्याक अफरको व्यवस्था गरेको छ । यो योजना यहि साउन २० गतेदेखि माघ २० गतेसम्म प्रत्येक शनिबारका लागि लागू हुनेछ ।
उक्त व्यवस्था अन्तर्गत सानिमा भिसा डेबिट क्रेडिट कार्ड र सानिमा मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरुले योजना अवधिभर प्रत्येक शनिवार फुडमाण्डुमा डिजिटल भुक्तानी गर्दा क्यासब्याक प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
बैंकका अनुसार सानिमा मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरुले क्युआर स्क्यान गरी भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम रु. २०० सम्म, सानिमा भिसा डेबिट कार्ड प्रयोगकर्ताहरुले १५ प्रतिशत वा अधिकतम रु. ३०० सम्म तथा सानिमा भिसा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले २० प्रतिशत वा अधिकतम रु. ३०० सम्मको क्यासब्याक पाउन सक्ने छन् ।
ग्राहकहरुले उक्त भुक्तानी भएको एक हप्ता भित्र क्यासब्याक प्राप्त गर्ने बैंकले उल्लेख गरेको छ । यो योजना २० श्रावण २०८० देखि २० माघ, २०८० गतेसम्म प्रत्येक शनिबारका लागि लागू हुने बैंकले जनाएको छ ।
सानिमा बैंकले देशको सातै प्रदेशमा १३२ वटा कार्यालयहरु तथा १२३ वटा एटिएमहरु मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।



About Us
प्रतिक्रिया