सानिमा बैंकको नाफा २५% ले बढ्यो, वितरणयोग्य मुनाफा २ अर्ब २० करोड बढी

सानिमा बैंकको नाफा २५% ले बढ्यो, वितरणयोग्य मुनाफा २ अर्ब २० करोड बढी

सुरेश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
सानिमा बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७/र७९ को तुलनामा आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासमा बैंकको नाफा २५ दशमलव १३ प्रतिशतले वृद्धि भई २ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ ।

बैंकको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार वितरणयोग्य मुनाफा २ अर्ब २० करोड ९६ लाख रुपैयाँ रहेको छ । सो आधारमा बैंकको लाभांश क्षमता १७.७३ प्रतिशत रहेको छ ।

बैंकको खुद ब्याज आम्दानी ३९ दशमलव ५० प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको चौथो त्रैमाससम्ममा ४ अर्ब ६५ करोड रुपैयाँ रहेको खुद ब्याज आम्दानी गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ६ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ । संचालन नाफा २७ दशमलव ९६ प्रतिशतले वृद्धि हुँदै ३ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ ५४ पैसा बढेर २१ रुपैयाँ २ पैसा पुगेको छ । असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १२.३९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ ५१ पैसा रहेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १० प्रतिशत बढेर १२ अर्ब ४६ करोड १ लाख रुपैयाँ र जगेडा कोष २३.८८ प्रतिशत बढेर ६ अर्ब ९१ करोड ६९ लाख रुपैयाँ छ । बैंकको निक्षेप ११.५१ प्रतिशत बढेर १ खर्ब ७५ अर्ब ६४ करोड ३० लाख रुपैयाँ संकलन गरेको छ भने कर्जा ६.५० प्रतिशत बढाएर १ खर्ब ४५ अर्ब ३९ करोड ७९ लाख रुपैयाँ लगानी गरेको छ ।