सहकारी पीडित र सरकारबीच ७ बुँदे सम्झौता, धर्ना तथा अनसनका कार्यक्रम स्थगित

सहकारी पीडित र सरकारबीच ७ बुँदे सम्झौता, धर्ना तथा अनसनका कार्यक्रम स्थगित


बैंकिङ्ग समाचार, काठमाडौं ।
सहकारी पीडित बचतकर्ता  र सरकारबीच ७ बुँदे सम्झौता भएको छ । बिहीबार सहकारी पीडित बचतकर्ता महासंघ संघर्ष समिति र सरकारबीच माग सम्बोधन गर्ने विषयमा सम्झौता भएको हो ।

उक्त सम्झौतासँगै सहकारी संस्थाका बचतकर्ता सदस्यहरुबाट माइतिघर मण्डलामा जारी अनसन तथा धर्नाका कार्यक्रमहरु स्थगित हुने भएको छ ।

उक्त सम्झौता भए पश्चात भूमि व्यवस्था, सहकरी तथा गरिवी निवारण मन्त्री रञ्जिता श्रेष्ठले माइतीघरमा पुगेर सहकारी पीडितलाई भेटेर उनीहरुसँग वार्तालाप गरेकी छन् ।

\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"

\"\"

\"\"\"\"