बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको अन्तिम दिन आज बिहिवार सामान्य अंकले बढेर बन्द भएको छ । आज नेप्से ३ अंकले बढेर २ हजार ८९ दशमलब ८४ विन्दुमा बन्द भएको हो । हिजो बुधवार नेप्से ९.२५ अंकले बढेर २ हजार ८६ दशमलब ८४ विन्दुमा बन्द भएको थियो ।
त्यस्तै, आज नेप्सेमा सामान्य अंकको सुधार भएपनि कारोबार रकममा भने सुधार हुन सकेन । आज १ अर्ब ७८ करोड १९ लाख बराबरको कारोबार भएको छ । बुधवारर १ अर्ब ८१ करोड २४ लाख बराबरको कारोबार भएको थियो ।
आज नेप्सेमा कारोबार भएका ७६ कम्पनीको शेयरमूल्य बढेको छ भने १३० कम्पनीकोे शेयरमूल्य घटेको छ, १२ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
आज दुई कम्पनीको शेयरमूल्यमा सबैभन्दा बढि वृद्धि भएको छ । आज सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था र एनआइबिएल ग्रोथ फण्डको शेयरमूल्य १० प्रतिशतले बढेको हो ।
आज प्रोग्रेसिभ फाइनान्स लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ५.१९ प्रतिशतले घटेको छ ।
नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको आज ९ करोड २३ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया