मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई शुक्र डाएग्नोस्टिक एण्ड वेलनेस सेन्टरमा विशेष छुट

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ता ग्राहकहरुलाई थप सेवा दिने उदेश्यका साथ काठमाडौंको पानीपोखरीमा रहेको “शुक्र हाउस अफ डाएग्नोस्टीकस् एण्ड वेलनेस सेन्टर” (Sukra House of Diagnostic and Wellness Center) सँग विशेष छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको छ । 

यस व्यवसायिक सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले शुक्र हाउस अफ डाएग्नोस्टीकस् एण्ड वेलनेस सेन्टर” का विभिन्न सेवाहरुमा विशेष १५% सम्म छुट प्राप्त गर्न सक्नेछन् ।