कामना सेवा विकास बैंकद्धारा ललितपुरको एकेडेमिया इन्टर्नेसनल कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कामना सेवा विकास बैंकद्धारा ललितपुरको एकेडेमिया इन्टर्नेसनल कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न


बैंकिङ्ग समाचार, काठमाडौं ।
कामना सेवा विकास बैंकले मिति २०८० श्रावण १७ गते बुधबार ललितपुर स्थित एकेडेमिया इन्टर्नेसनल कलेजमा एक दिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

\"\"

बैंकले संस्थागत सामाजिक उत्तरदायित्य कार्यक्रम अन्तर्गत उक्त कलेजका व्यवस्थापन संकायका विद्यार्थीहरुलाई सुरक्षित भविष्यको सुनिश्चितता गर्दै सही वित्तीय निर्णयहरू गर्न शिक्षित र सशक्त बनाउने योजनाका साथ यो कार्यक्रमको आयोजना गरेको हो ।

उक्त कार्यक्रममा ३० भन्दा बढि विद्यार्थीहरुको सहभागीता रहेको थियो । कार्यक्रममा सहभागीलाई बैंकका कर्मचारीले वित्तीय व्यवस्थापन, बचत र खर्चको व्यवस्थापन, डिजिटल बैंकिङ, डिजिटल बैंकिङमा अपनाउनु पर्ने सतर्कतता लगायतका विषयमा साक्षरता प्रदान गरेका थिए ।

\"\"

उक्त कार्यक्रममा बैंकका तर्फबाट प्रमुख व्यवसाय अधिकृत हरि प्रसाद लम्साल, ग्वार्को शाखाका शाखा प्रमुख प्राथना राणा कार्की, निक्षेप विभागबाट सुमन दुवाडी, लगायत अन्य कर्माचारी र कलेजका तर्फबाट क्याम्पसका व्यवस्थापन संकाय प्रमुख प्रकृती बोताजु र अन्य विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

\"\"\"\"