कामना सेवा विकास बैंक र सन सेक्युरिटिजबीच फाइभ इन वान सेवा सम्झौता

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
कामना सेवा विकास बैंकले  मिति २०८० श्रावण १७ गते बुधवारको दिन नेपाल धितोपत्र बोर्ड (SEBON) बाट इजाजतप्राप्त ब्रोकर कम्पनी सन सेक्युरिटिज प्रा. लि. सँग सम्झौता गरी फाइभ इन वान सेवा सार्वजनिक गरेको छ । 

यस सम्झौता पश्चात बैंकका ग्राहकहरुले बचत खाता, डिम्याट (DMAT) खाता, शेयर ट्रेडिङ्ग खाता (TMS), सि आस्वा (C-ASBA) र मेरो शेयर एकै सेवा मार्फत प्राप्त गर्न सक्नेछन् । 

उक्त सेवा मार्फत् आफ्ना ग्राहकमहानुभावहरुले सरल रुपमा शेयर कारोबार गर्न सहज होस् भन्ने उद्देश्यले यस्ता सेवाहरु उपलब्ध गराएको हो ।

बैंकले देशका विभिन्न स्थानहरुमा १३४ वटा शाखा, १ विस्तारित शाखा र २१ शाखा रहित बैंकिङ्ग सेवा तथा ७६ वटा ATM मार्फत ग्राहकहरुलाई आफ्नो सेवाहरु प्रदान गर्दै आएको छ ।