बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) उतारचढावकाबीच आज सामान्य अंकले बढेर बन्द भएको छ । साताको कारोबारको चौथो दिन आज बुधवार नेप्से ९.२५ अंकले बढेर २ हजार ८६ दशमलब ८४ विन्दुमा बन्द भएको हो । मंगलवार नेप्से २८.५९ अंकले घटेर २ हजार ७७ दशमलब ५८ विन्दुमा बन्द भएको थियो ।
आज नेप्सेमा सामान्य अंकको वृद्धि भएपनि कारोबार रकम भने घटेको छ । आज १ अर्ब ८१ करोड २४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलवार १ अर्ब ९२ करोड ४४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबार भएका ११७ कम्पनीको शेयरमूल्य बढेको छ भने ८१ कम्पनीको शेयरमूल्य घटेको छ, १९ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
आज दुई कम्पनीको शेयरमूल्यमा सबैभन्दा बढि वृद्धि भएको छ । आज आरबिबि म्युचल फण्ड र स्ट्याण्डर्ड चार्टड बैंकको शेयरमूल्यमा ४ प्रतिशत बढिको वृद्धि भएको छ ।
आज प्रभु स्मार्ट फण्डका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ ।
त्यस्तै, नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको आज ११ करोड १९ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया