डिम्याट खाता नवीकरण गर्न सिडिएससीको आग्रह, नवीकरण नगरे मेरो शेयर खाता रोक्का हुने

डिम्याट खाता नवीकरण गर्न सिडिएससीको आग्रह, नवीकरण नगरे मेरो शेयर खाता रोक्का हुने


बैंकिङ्ग समाचार, काठमाडौं ।
सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले लगानीकर्तालाई हितग्राही (डिम्याट) खाताको नविकरण शुल्क बुझाउन अनुरोध गरेको छ । सिडीएससीले एक सूचना प्रकाशित गरी डिम्याट खाताको वार्षिक नविकरण शुल्क बुझाउन लगानीकर्ताहरुलाई आग्रह गरेको हो ।

डिम्याट खाता नवीकरण नगर्ने लगानीकर्ताको ‘मेरो शेयर’ पनि रोक्का गर्ने जानकारी गराएको छ । मेरो शेयरमार्फत नै डिम्याट खाता नवीकरण गर्ने व्यवस्था पनि रहेको छ ।

कतिपय लगानीकर्ताले आफ्नो डिम्याट खाताको नवीकरण नगरी मेरो शेयरमात्र नवीकरण गरी प्रयोग गर्ने गरेको सिडीएससीले जानकारी दिएको छ । यसरी डिम्याट खाता नवीकरण नगरेमा लगानीकर्ताको मेरो शेयर भदौ १५ गतेदेखि रोक्का राख्ने पनि सिडिएससीले सूचना मार्फत जानकारी दिएको हो ।

लगानीकर्ताले आफ्नो डिम्याट खाताको वार्षिक शुल्क प्रत्येक आर्थिक वर्ष समाप्त हुनु अगाबै आफ्नो निक्षेप सदस्यलाई बुझाउनु पर्ने व्यवस्था रहेको छ । सोहि व्यवस्था अनुसार शुल्क नबुझाउने लगानीकर्ताको हितग्राही खाता निक्षेप सदस्यले रोक्का राख्न सक्ने सिडिएससीले जनाएको छ ।

खाता रोक्का भएका कारणले इडिआईएस हुन नसकी क्लोज आउटमा पर्न सक्ने भएकोले डिम्याट खाता नवीकरण गर्न सिडिएससीले आग्रह गरेको हो ।

\"\"