बैंकिङ्ग समाचार, काठमाडौं ।
मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेडले संस्थाका सदस्य लक्ष्मी देबि सुनारलाई बीमा रकम हस्तान्तरण गरेको छ ।
संस्थाबाट रू. ५ लाख लघुउद्यम कर्जा लिएका सदस्य लक्ष्मी सुनारको श्रीमान भक्त बहादुर सुनारको मृत्यु दावी वापत रू. ५ लाख रुपैयाँ हस्तान्तरण गरेको संस्थाले जनाएको छ । निजलाई सदस्य(अभिभावक कर्जा बीमाअन्तर्गत उक्त बिमा रकम रिलायबल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सहकार्यमा हस्तान्तरण गरिएको दोधारा–चाँदनी, कञ्चनपुरका शाखा प्रबन्ध दिपेन्द्र बटालाले बताए ।
मेरोमाइक्रोफानान्स लघुबित्त बित्तीय संस्था लिमिटेड अनुगमन कार्यालय कृष्णपुर, कञ्चनपुरका प्रमुख कृष्ण प्रसाद उप्रेती र दोधारा( चाँदनी नगरपालिका ४ का वडाध्यक्ष भक्त बहादुर सुनारले लक्ष्मी देबीलाई संयुक्त रुपमा उक्त बिमा रकम हस्तान्तरण गरेका थिए । सदस्य लक्ष्मि देबि मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्थाको शाखा कार्यालय दोधारा–चाँदनी, कञ्चनपुरद्वारा प्रवद्धित लघुवित्त कार्यक्रममा आवद्ध छिन् ।
प्रतिक्रिया