कुमारी बैंकको ३४ हजार कित्ता बढि संस्थापक शेयर बिक्रीमा

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
कुमारी बैंकले ३४ हजार ५९२ कित्ता संस्थापक शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी प्रेम बहादुर भण्डारीको नाममा रहेको उक्त शेयर बिक्रीमा ल्याएको हो ।

सो शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले सूचना प्रकाशित मितिले ३५ दिनभित्र खरिद गर्न चाहेको शेयर परिणाम समेत खुलाई बैंकको शेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड काठमाडौं–१ नक्साल वा कुमारी बैंकको प्रधान कार्यालय टंगालमा आवेदन दिन सकिने बैंकले जनाएको छ ।

विद्यमान संस्थापक शेयरधनीहरूमा मात्र जारी गरिएको यो शेयर तोकिएको अवधिभित्र वितरण हुन नसकेकोमा अन्य व्यक्ति तथा संस्थाहरूमा विक्री गरिने छ ।