अपर तामाकोशीले हकप्रद प्रस्ताव पारित गर्न बोलायो साधारणसभा, बुकक्लोज कहिले ?

अपर तामाकोशीले हकप्रद प्रस्ताव पारित गर्न बोलायो साधारणसभा, बुकक्लोज कहिले ?


बैंकिङ्ग समाचार, काठमाडौं ।
अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले भदौ ६ गते आफ्नो १५औं वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको असार २८ गते बसेको सञ्चालक समितिको बैठकले नेपाल पज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा विहान ११ः३० बजे उक्त सभा गर्ने निर्णय गरेको हो ।

सभाले अघिल्लो आर्थिक वर्ष २०७८/७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै गत आर्थिक वर्ष २०७९/८० को लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्नेछ । कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव भने गरेको छैन । 

यस्तै, शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरिसकेको कम्पनीले साउन २६ गते हकप्रद शेयर निष्काशन प्रयोजनका लागि बुकक्लोज गर्ने मिति तय गरेको छ । त्यस अनुसार साउन २५ गतेसम्म कायम शेयरधनीहरुले मात्रै कम्पनीले निष्काशन गर्ने शत प्रतिशत हकप्रद शेयरमा आवेदन दिन सकिनेछ ।

कम्पनीले १ः१ को अनुपात अर्थात १ कित्ता शेयर बराबर १ कित्ता शेयर हकप्रद जारी गर्न लागेको हो । कम्पनीले प्रति शेयर १०० रुपैयाँको दरले हुने १० अर्ब ५९ करोड रुपैयाँ बराबरको १० करोड ५९ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्नछ ।

हाल कम्पनीको चुक्ता पूँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ । शत प्रतिशत हकप्रद निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीकाे हकप्रद निष्काशन तथा बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सनराइज क्यापिटल रहेका छन् ।