बैंकिङ्ग समाचार, काठमाडौं ।
कामना सेवा विकास बैंकले ५७ हजार २५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी इल्या भट्टराई दीक्षितको नाममा रहेको शेयर बिक्रीमा ल्याएको हो ।
कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी कम्पनीले उक्त शेयर बिक्रीमा ल्याएको हो । इच्छुक खरीदकर्ताहरूले खरिद गर्न चाहेको शेयर संख्या र मूल्य खुलाई आगामी ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा यी शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।
प्रतिक्रिया