राष्ट्र बैंकको सूचनाः लघुवित्त वित्तीय संस्थाले दुःख दिएको भएमा गुनासो दर्ता गराउनुस्

2.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तिय सेवा सम्बन्धी गुनासो दर्ता गर्ने सम्बन्धमा एक सूचना जारी गरेको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘घ’ वर्गका लघुवित्त वित्तिय संस्थाले नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनको पालना नगरेको, तोकेभन्दा बढी ब्याजदर वा अन्य शुल्क लिएको, गौरकानुनी ढङ्गमा सम्पत्ति लिलामी गरेको, उद्यम व्यवसाय गर्न असहयोग गरेको लगायत अन्य कुनै गुनासो भएमा राष्ट्र बैंकले सार्वजनिक गरेको पैसा तिर्न नपर्ने फोन नम्बरमा गुनासो दर्ता गर्न आग्रह गरेको छ ।

लघुवित्त वित्तिय संस्थाका ऋणिहरुको गुनासो सुन्न राष्ट्र बैंकले छुट्टै गुनासो सुनुवाइ डेस्क स्थापना गरी गुनासो सुनुवाई गर्दै आएको छ । 

लघुवित्त पिडितहरुको आन्दोलन चर्किदै गएको उग्र रुप लिन लागेसँगै केन्द्रिय बैंकले यस्तो सूचना जारी गरेको छ । राष्ट्र बैंकले पैसा तिर्नु नपर्ने नम्बर १८१०५००००२२ मार्फत वा गुनासो दर्ता गर्ने राष्ट्र बैैंकको अनलाइन पोर्टल https://gunaso.nrb.org.np/ वा इमेल [email protected] अथवा कार्यालय समयमा राष्ट्र बैंकको देशभर रहेका जुनसुकै कार्यालयमा निवेदन दर्ता गरी सोको यथोचित समाधान गर्नेतर्फ पहल गर्न सम्बन्धित सबै ऋणीहरुलाई आग्रह गरेको छ ।

यस्तो छ राष्ट्र बैंकको सूचनाः

\"\"