बैंकिङ्ग समाचार, काठमाडौं ।
लघुवित्त पिडितहरुको शान्तिपुर्ण बिरोध जुलुशमा प्रहरीले हस्तक्षेप सहित बल प्रयोग गर्दा दाङकी साबित्रा कुमाल गम्भीर घाइते भएकि छिन् । बानेश्वर बाट कोणसभा सम्पन्न गरि माइतिघर मण्डला फर्कने क्रममा मण्डला नजिकै ठूलो संख्यामा रहेको प्रहरीले महिलाहरुमाथी निर्मम ढंगले लाठि चार्ज गरेको हो । सोहि क्रममा कुमाल गम्भिररुपमा घाइते भएकी छन् ।
घाइते साबित्रलाई उपचारका लागि वीर अस्पताल लगिएको छ । यस घटना भएपश्चात आक्रोशित बनेको लघुवित्त पिडित महिलाहरुलाई लघुवित्त विरुद्धको संघर्ष समितिले संयम र धैर्य रहन अनुरोध गरेकोछ ।
प्रतिक्रिया