लघुवित्त पिडितद्वारा निषेधित क्षेत्र तोडेर प्रदर्शन, १७ जना पक्राउ

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
प्रहरिको कडा सुरक्षाका बवजुद लघुवित्त वित्तीय संस्था विरुद्ध आन्दोलनरत लघुवित्त पिडितद्वारा निषेधित क्षेत्र तोड्दै संसद भवनको पश्चिम गेटमा प्रदर्शन गरेका छन् । निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले लघुवित्त वित्तीय संस्था विरुद्धको संघर्ष समितीका केन्द्रिय उपाध्यक्ष मनिप्रसाद चौंलागाई लगायत १७ जनालाई गिरफ्तार गरेको छ ।

पक्राउ गरिएका सबैलाई तिनकुने प्रहरी कार्यलयमा थुनिएकोछ । गिरफ्तार हुनेहरुमा मणि प्रसाद चौलागाई, अब्दुल शाह, मन्जु भुजेल, प्रीया केसि, श्री माया गोले, पार्वती भुषाल, कृष्णा कुमारी खत्री, सविना मिया, लक्ष्मी सोमाई, कमला मोक्तान, क्षेत्र बहादुर मोक्तान, सुर्य राई, सुरही माया सुराहा, गिता गुरुङ, युवराज रसाईली र अष्टमाया दोङ लगायतका रहेका संघर्ष समितिका बर्दिया जिल्ला बरिष्ठ उपाध्यक्ष जीवन सुनारले जानकारी दिएका छन् ।

नँया बानेश्वरको पश्चिमतर्फ रहेको एभरेस्ट होटेल नजिक बाटो ब्लक गरेर लघुवित्त, मिटरब्याजी पिडितहरुले प्रदर्शन भने अझै जारी राखेकाछन । यसै क्रममा प्रदर्शनकारी र प्रहरीबीच केही बेर निकै घम्साघम्सी समेत भएको थियो ।